Pages

Wednesday, November 30, 2011

टुइटर साम्राज्य !!

                मेरो फेसबुकको सानो राज्य जती बेलादेखी टुइटर साम्राज्यको बिस्तारबादी नीतिको सिकार भयो, मैले उसकै राष्ट्रिय गान गाउन (टुइटिन) सुरु गरें | श्रीमतीको अनुहार जस्तो सधै एकैनास देखिने फेसबुकको स्टाटस माथि समयसंगै बदलिरहने टुइटरको टाइमलाइनले झ्याप्पै धावा बोले पछी केहि जोर चल्दो रहेनछ |
                यो साम्राज्य भित्र परे देखि नै मैले बडो आश्चर्यजनक रुपमा हाम्रा काकाबाको लोकप्रियता बढ्दै गएको देखेको छु | टाइमलाइनमा भए पनि काकाबा, नभए पनि मेंसेर काकाबालाई खोज्नेको कुनै कमि छैन यँहा | यति मात्रै कहाँ हो र, कतै हाम्रो मिटिंग भन्ने थाहा पाए भने टुइटर चलाउने गरेकाहरु बाटो हिड़दै छन् भने पनि "काकाबा भन्ने को हो ?" भन्दै खोज्दै आउन थाले | यसरि आफ्नो अप्रत्याशित रुपमा बढेको लोकप्रियता देखेर काकाले एक रात अकस्मात टुइटर साम्राज्य कब्जा गरे र आफ्नो निरङ्कुश शासन सुरु गरे |
                      राज्यमा निरङ्कुश शासन सुरु भए पछी धेरै कुरामा नियन्त्रण हुन थाल्यो | काका त पहिलेका ज्ञानेन्द्र सरह नै भए र आफुलाई चित्त नबुझेको कुरालाई तुरुन्त कारवाहीको आदेश दिन थाले | एक दिन मैले एकाबिहानै टाइमलाइनमा काकालाई नै मेन्सिएर नमस्कार नगरेको निहूँमा आफ्ना सैनिक पठाएर काकाले मलाइ पक्राउ गर्न लगाए र कालिमाटीको तरकारी बजारमा लगेर गोलि ठोक्ने आदेश दिए | तर उनका सल्लाहकारले "ब्राम्हण हत्याको दोष लाग्ला महाराज" भने पछी मलाइ ५० कोर्रा हानेर छोडियो | त्यस पछाडी प्रत्येक दिनको मेरो पहिलो टुइट काकाबालाई मेन्सन गरेको नमस्कार बाट मात्रै सुरु हुन थाल्यो | हाम्रो कुलेले काकाबालाई थाहा नदिइ ट्रलिबसमा छिरेको भेट्टाए पछी उसलाई पनि पक्राउ गरियो र सजाय स्वरूप नेपालमा भए जती स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय सबैखाले रक्सीहरु एउटा भाँडोमा मिसाएर सोली लगाएर खुवाइयो |
त्यस घटना पछी कुले ट्रलिबस पछाडी जान त के कुनै पनि बस, माइक्रो बसको पछाडी समेत हिड्न छोड्यो | त्यस्तै, हाम्रो माइला साउले सामानको धेरै ओसार-पसार गरेको थाहा पाएर उसलाई पनि पक्राउ गरियो र ३ दिन ३ रात सम्म सामानै सामानले भरिएको कोठामा थुनेर छोडियो | डरले गर्दा उसले त्यसपछि सामान त के सामानको "स" पनि उच्चारण गर्न बिर्सेछ | लत्र्याक-लुत्रुक भएको उसलाई लिन जाँदा मैले मेरो हात 'समात' भनेको त उसले 'स' चटक्कै बिर्सेर 'मात' भने झैं सुनेर मात्न थाल्ने भएछ बिचरा | राज्यको सरकारी निकायबाट आउने टुइट यस्ता हुन थाले-" फलानो मितिमा आजको दिन काकाले जुंगामा कालो मेहन्दी लगाएका", "फलानो मितिमा आजको दिन काकाले चश्माको शिसा फेरेका" आदि आदि |
                    काकाको अत्याचारको चरमसिमा बढ्दै गएपछि बिस्तारै सबै काकादेखि क्रुद्द हुँदै गए | फलस्वरूप, झुक्किएर हाच्छिउं गर्दा र दाहिने आँखा फरफरायो भन्दा समेत १-२ ओटा औषधिको नाम प्याट्ट भन्दिने हाम्रा डाक्टरहरुले काकाले सार्है पेट दुख्यो भन्दा समेत एउटो पोटि लसुन पोलेर खा सम्म नभनेर बिरोधको सुरुवात गरे | काकाको टुइटलाई पागल बस्तीले समेत आरटी हान्न छोडे | बिरोधको स्वरूप बढ्दै जाँदा अरबतिर बाट पाएको सहयोग समेत टुइटर साम्र्याज्यलाइ रोक्का गरियो | रक्सीका पारखीहरुले पनि बिरोध थाले | पोखराबाट भर्जिन (अचाल 'बियर' खान लाएर 'डियर' भ'का) को नेतृत्वमा फुल, हाफ र क्वाटर भर्जिनहरु बस भरि-भरि राजधानी आए | सधै बैराग लाग्ने गित लेख्ने मंजरिले समेत जोशिला र क्रान्तिकारी गित लेख्न थालिन |
              अन्तत: सर्वत्र बिरोधको चर्को लहर उर्लेको देखेपछी काकाले शासन-सत्ता छोडेर निर्मली निवासमा बस्ने निधो गरे | हामीले सर्वत्र खुशी मनाउन थालेका मात्र के थियौ पल्लो घरको राम्ररि हुन पनि नसकेको भाले बासे पछी म झसंग सपनाबाट ब्युझें | ओहो! कस्तो सपना देखेंछु ? यस्तो सपना देखेको राम्रो हो कि होइन, कसैले भनिदिनु हुन्छ कि ??

5 comments:

Rabish said...

भाले बासेकोलाई शुभसाईत मानिन्छ तर बडफ्लु लागेको भालेहो हैन खयाल गर्नु नत्र शुभको अघाडी "अ" झुन्डिएला:पी

Friendycalls said...

हा हा हा.... पुजारीका हरेक लवज स्वर्णिम हुन्छन, हरेक Post दमदार हुन्छन, हरेक tweet उत्तिकै सान्दर्भिक र उच्चकोटीको हुन्छ | गजबको 'काका महात्मे' पढ्न पाइयो | आशा छ यो पढेर काकाले नि उत्तिकै मज्जा लिए होलान जति मैले लिएँ :D

गौरव खतिवडा said...

म कायल भए हजुर को महा बाणी हरु पढेर !!! बरु श्रीमद भागवत नै लगाउनु पर्ला जस्तो छ !!!

Unknown said...

sahi sapana 6 .... ..... ta hehehhehe

JAYANTI SHARMA said...

lastai ramailo sapana.....:))))

Post a Comment