Pages

Wednesday, April 25, 2012

यो बाटो काँ पुग्छ ?

यो बाटो काँ पुग्छ भनेर सोध्नी गाँठे ! अब काँ पुग्छ भन्ने यो बाटो, आफु जाने ठाँउ पो सोध्नु पर्छ त । सातदोबाटो चोकबाट चक्रपथ नबिराइकन लगभग २७ किलोमिटर जती हिँड्ने हो भने यो बाटो जहाँको त्यहिँ पुग्छ । हैन भने, एसो छ्याङ खान्छु भन्ने हो भने च्यासल पुग्छ, अलि पर डाँडातिर गएर कोदोको हान्छु भन्ने हो भने नगरकोट पनि पुग्छ यो बाटो । बिहानमा दुध लिन लैनचौर पुग्छ भने साँझमा दारु दिन धोबिचौर पनि पुग्छ । यदी बिहे गरेका छौ भने तिम्रो ससुराली पनि पुग्छ, बिहे गरेका छैनौ भने हुनेवाला ससुराली जती पनि पुग्छ यो बाटो । हैन, भारत तिर जान्छु अनि २-३ बर्ष पछी "क्यानाम" भन्दै फर्कन्छु भन्ने हो भने नारायणघाट, हेटौँडा, बिरगंज हुँदै भारत पनि पुग्छ यो बाटो । हेटौँडा पुग्दै गर्दा "हैन, संविधान नबनेसम्म नेपालमै बस्छु" भन्ने हो भने पथलैयामा झरेर बर्दिबासको गाडी समाएर बिपी राजामार्ग भएर धुलिखेल, बनेपा हुँदै फेरी काठमाण्डु नि आउँछ यो बाटो । हैन, एतैबाट धरान गएर कालो बंगुर हसुरेर आउँछु भन्ने हो भने धरान पनि पुग्छ यो बाटो । तेतैबाट भोजपुर गएर एउटा काइदाको खुकुरी किनेर कालापानी गएर अलि परैबाट दक्षिण तिरको दादालाई खुकुरी देखाएर बेपत्ता भागेर राष्ट्रभक्ती देखाउँछु भन्ने हो भने त्यहाँ पनि पुग्छ यो बाटो । अझै काँ पुराम मैले लौ भन ! एति भन्दा-भन्दै पनि फेरी "यो बाटो काँ पुग्छ" भनेर सोध्छौ भने "यो बाटो सिधै पशुपती आर्यघाटमा पुग्छ" ।
!! आत्माले शान्ति पाओस !!

14 comments:

N.amrit said...

Gazzb lekhe6 puzele :)) haha haha !!

Sweta said...

So very interesting :) :) :) laughing and thinking ... :)

Lenin said...

हेहे, हँसाउन मरिमेटेरै लाग्या हुन् :D :D :D

Unknown said...

बास्तबमा जिन्दगिमा धरै नै पटक हामि महसुस गर्छौ कि, अब कुनै उपाय छैन, कुनै बाटो छैन। तर बास्तबिकता मा आफ्नो बिचार, महत्वाकांक्षा जसले जित्छ अनि बाटो देखाइदिन्छ। स्पस्टिकरण यो कमेन्ट मेरो होइन

roshanktm said...

tetiko ramro lagena, puzari ko quality ma.pa,se le ghatayo jasto cha...lol

Unknown said...

यो बाटो सिधै पशुपती आर्यघाटमा पुग्छ" ।
!! आत्माले शान्ति पाओस !!
गज्जपको ब्यङ्ग

Indra Dhoj Kshetri said...

पुजारी रक्स । :D

लक्ष्मण गुरुङ ' LaKshMaN ' said...

पुजरीले सबै ठाउँ भने आफ्नो ठाउँ " मन्दिर " पुग्छ चाही न भनेछन्। हे हे हे हे poozari ROkS.....

Benam.... said...

Very nice jaha pani pug6 yo bato.....!!

Unknown said...

lovely, i enjoy urs writing a lot lovely

Anonymous said...

उत्क्रिस्ट छ गुरुवरको यो पछिल्लो रचना! छुट्टै धारको छ। यस्तै यस्तै पढिरहन पाम हामीले गुरुवरका।

Rabish said...

उत्कृष्ट रचना !!!

Amar said...

ramailo lagyo :)

सनातन चौतारी said...

ramilo ra chha.

Post a Comment