Pages

Monday, July 23, 2012

हाइकिंगका हाइथिंगहरु

हालसालैको एउटा हाइकिंगमा जाँदा भेटिएका पुच्छर नभएका कुरा र रोचक प्रसंगलाई सकेसम्म याँहा हुबहु उतार्ने प्रयास गरिएको छ :
  • बिहान घरबाट निस्कदा एकजना भैयाले साइकलमा "माल्द आँप" भन्दै आउँदा २ किलो जति यतै किनेर घरमै बस्न पर्छ कि झैँ लागेको !
  • गाडीमा बसेपछि एउटी स्वयंसेविकाले हाइकिंगका नियमहरु भन्न खोज्दा शुरुमै "नं वन" भने पछी अबको पालो "कोब्रा, सोब्रा"को हो कि भनेर मुख मिठ्याउनेहरुको संख्या पनि उलेख्य नै थियो !
  • अपेरटिंग सिस्टम ! हाइकिंगको सबै भन्दा रमाइलो खोजि , जसको नेपालि वर्सन निस्किंदा "ए हो , ए हैन, हे भगवान" हुन्छ रे ! अझ बाटामा जादै गर्दा "मकैबारी OS"  र "A-OS" पनि भेटाइएको !
  • एक जना हाइकेले उसिनेर नुन नलागेको परवल गाईलाई , साँढेलाई अनि कुकुरलाई दिदा समेत नखाए पछी बाध्य भएर आफै खादै थिए !
  • खानेकुरा ३२ पटक चपाएर खानु पर्छ भन्दै सिकाए ! उनीहरुले दिएको चिउरा यस्तो थियो कि ६४ पटक चपाएर समेत अझ पानीले भिजाएर निल्नु पर्ने खालको !
  • एक जनाले २ महिनामा १२ किलो तौल घटाए रे ! प्रकृति लाई यसरि प्रेम गर्दै त्यो उसिनेको परवल र बुका चिउरा खाँदै ४ महिना हिंड्ने हो भने कुपोषण भएर मान्छेलाई समेत कुखुरा जोख्ने तराजुमा जोख्न पर्ने अवस्था नआउला भन्न सकिन्न !
  • हाइकिंग आयोजक प्रमुखले तौल घटाउने "देब्रे हातको खेल" हो समेत भने ! प्राय: सबै नेपालीहरु लोटा लिएर देब्रे हातको खेल नै खेल्ने गर्छन भने किन तौल घटाउन भन्दै हिला बाटामा प्रकृति प्रेम गर्न हिड्नु पर्ने भयो त ? 
  • हाइकिंग मै निस्केका बन्जी गर्ने सरल तरिका थिए, जसमा "रक्सि नखाई बन्जीको आँट आउन्न, रक्सि खाएर बन्जी गर्न दिन्न, यस तर्फ ध्यान दिइएमा बन्जी झ्याम झ्याम गर्न सकिन्थ्यो कि ?" , "काठमान्डू बाट नै आँखामा कालो पट्टि बाँधेर लगेर पट्टि जो नखोली पुलबाट धकेल्न पर्ने" र "तल भोटेकोशीमा सन्नी लियोनलाई पौडी खेल्न लगाउने हो भने गोडामा डोरी समेत बाँध्न नपाउदै हाम फाल्न सकिने" !  
  • शुरुमै 'नं वन' भन्ने "सिम्पल" अनि शरीरका देखिएका कुनै पनि अंगमा "डिम्पल" नपरेकी एउटी कान्छीसंग हाम्रा एकजना मित्रले मिल्नी भए देखि "दिल-सिल जम्मै खोलेर नाच्ने थिए" झैँ जो गरेर नाचे !

Thursday, June 21, 2012

पशुपतिको यात्रा !

भक्तजनहरुले पएण्ट र भेस्ट लगाएको देखेर पार्वतीलाइ पनि लगाउने इच्छा जागेर आयो, अनि रिस पनि उठ्यो "आफुले कति सधै यै खद्दरको धोति र ठुटे बुलोज मात्रै लाउने ?" । एसो एउटो रंगिन टिभी किनेर हिन्दि सिरियल हेर्ने रहरले समेत च्यापेपछी महादेवलाइ कुरो सुनाइन । उता गणेशले पनि लड्डु खाँदा-खाँदा दिक्क लागेपछी एसो धरहरा गएर मम खाने इच्छा जाहेर गरे । एउटी चिटिक्क परेकी भक्तजन टिपेर पल्सर मटर साइकलको पछाडी राखेर बेला-बेलामा त्यस्सै ब्रेक हान्दै घुमाउने रहर लागेर बा'संग पैसा मागे । 

"आफै त महादेव" भनिने तेतिबेला उत्तानो परे जतिबेला यी कुराहरु सुनेपछि खल्ती छामछुम गर्दा एक सुको पनि भेटेनन । साह्रै फसाद परेपछि महादेवले एसो बिचार गरे, "याँ आफुलाई चढाएको पैसो साँझपख भट्टहरु र समितिका मान्छे मिलेर गनेर लाने बेलामा म पनि संगै बस्छु अनि मलाइ पनि एक भाग लगाउन भन्छु ।" र, एकदिन पैसो गन्नी बेलामा बाहिर आए, र चकलमाडे लाएर बसे । आँखा अगाडी लाखौ पैसो गनेर भट्ट र समितिका मान्छेले एक सुको पनि महादेवलाई नछोडीकन जम्मै पोको पारेर लिएर हिंडे ।   

आफुले गर्दा उठेको लाखौ रूप्पे आज आफुलाई चाहिएको बेलामा इत्ति माग्दा नदिए पछी महादेवलाई साह्रै रिस उठ्यो । र सोंचे, "म यहाँ छु, र त भक्तजनले पैसो चढाई रा'छन्, मै निस्केर हिंडेपछी त पैसो किन चढाउँथे र ? म जहाँ गएर बस्छु त्यहीं गएर पैसो चढाउँछन् अनि सप्पै पैसो एकलौटी बनाउँछु ।" मनमा अठोट लिएर एक दिन एकाबिहानै श्रीमती र छोरोलाई बोकेर हाम्रा देवाधि देव कंगाल महादेवले पशुपति मन्दिर छोडे ।

मन्दिर छोडेर निस्की त हाले तर "अब कहाँ गएर बस्ने ?" भन्ने समस्या आइपर्यो । एसो बिचार गर्दा रत्नपार्कको एउटा कुनामा गएर बस्दा ठिक हुने ठानी हिन्दै आएर एउटा कुनो समाएर अड्डा जमाए । बस्ने बित्तिकै बाटो हिड्ने सप्पैले "लौ महादेव " भन्दै आएर पैसो चढाउँछन् भन्ने ठानेका थिए तर "चटके" भन्ठानेर कसैले पनि वास्तै गरेनन | बरु पार्वतीको ठुटे बुलोजबाट देखिएका पाखुरा हेर्दै धन्नै आँखा झिम्काउलान झैँ पो गरे । महादेवलाई अति नै रिस उठेर त्रिसुल उठाएर हिर्काउनै लागेका थिए, तेत्तिकैमा पार्वतीले नेपालमा "शान्ति प्रक्रिया सम्पन्न गर्नलाई बर्तमान परिप्रेक्ष्यमा हतियार बिसाइ सकेको" कुरो सुनाए पछी महादेवले पनि उठाई सकेको त्रिसुल भुइंमा बिसाए । यत्तिकैमा एक जनाले त महादेवको छेवैमा आएर छिटा पर्ने गरि जो "सू सू" गरिदिए, सायद हिंजोको रौसिको प्रभाव थ्यो होला, एक दुइ छिटाले समेत महादेवको बाघको छाला लोकल रौसीमय गन्हायो । उता गणेशले बाटो हिड्नेहरुलाई हार गुहार गर्दै "मेरा ओर्जिनल बा इनै हुन् , पशुपतिबाट बसाइसराइ गरेर आएको, दर्शन गर्नुहोस् न" भनेर हात जोड्दा समेत कसैले वास्ता गरेनन । टण्टलापुर घाममा मान्छे बोलाउनलाई पार्वतीले समेत "कति सुहायो, कति सुहायो , बाघको छाला नागको माला कति सुहायो" भन्दै गाउन थालिन । "उलाला" हेर्न पल्केका अचालका भक्तजनले जाबो बाघको छाला के हेर्दाहुन र ! अझ भन्ने नै हो भने मल्लिका सेरावतले बेर्दा त खासै नसुहाउने त्यो नागको माला झन् महादेवको त्यो कालो छालामा के सुहाउँदो हो र । एता तेती भक्तजनको आकर्षण नदेखिए पछी महादेवले एसो ध्यान दृष्टिले पशुपतिमा हेर्दा त सप्पै भक्तहरु उतै गएर दाम चढाईरहेको देखे । अन्तमा केहि सिप नलागे पछी "नेपालि भक्तजनहरु अझै पनि भेंडा जस्तै एकातिर लागे पछी लागेको लाग्यै गर्दारैछन, म यतिका बर्ष यहीं भएर पनि इनिहरुलाई सत्बुद्धि दिन सकेन" भन्दै झिटीगुम्टा बोकेर स-परिवार पशुपति मै गएर बस्दा भए । 
पशुपति नाथलाई सबैले कल्याण गरुन , जय नेपाल !!

Wednesday, April 25, 2012

यो बाटो काँ पुग्छ ?

यो बाटो काँ पुग्छ भनेर सोध्नी गाँठे ! अब काँ पुग्छ भन्ने यो बाटो, आफु जाने ठाँउ पो सोध्नु पर्छ त । सातदोबाटो चोकबाट चक्रपथ नबिराइकन लगभग २७ किलोमिटर जती हिँड्ने हो भने यो बाटो जहाँको त्यहिँ पुग्छ । हैन भने, एसो छ्याङ खान्छु भन्ने हो भने च्यासल पुग्छ, अलि पर डाँडातिर गएर कोदोको हान्छु भन्ने हो भने नगरकोट पनि पुग्छ यो बाटो । बिहानमा दुध लिन लैनचौर पुग्छ भने साँझमा दारु दिन धोबिचौर पनि पुग्छ । यदी बिहे गरेका छौ भने तिम्रो ससुराली पनि पुग्छ, बिहे गरेका छैनौ भने हुनेवाला ससुराली जती पनि पुग्छ यो बाटो । हैन, भारत तिर जान्छु अनि २-३ बर्ष पछी "क्यानाम" भन्दै फर्कन्छु भन्ने हो भने नारायणघाट, हेटौँडा, बिरगंज हुँदै भारत पनि पुग्छ यो बाटो । हेटौँडा पुग्दै गर्दा "हैन, संविधान नबनेसम्म नेपालमै बस्छु" भन्ने हो भने पथलैयामा झरेर बर्दिबासको गाडी समाएर बिपी राजामार्ग भएर धुलिखेल, बनेपा हुँदै फेरी काठमाण्डु नि आउँछ यो बाटो । हैन, एतैबाट धरान गएर कालो बंगुर हसुरेर आउँछु भन्ने हो भने धरान पनि पुग्छ यो बाटो । तेतैबाट भोजपुर गएर एउटा काइदाको खुकुरी किनेर कालापानी गएर अलि परैबाट दक्षिण तिरको दादालाई खुकुरी देखाएर बेपत्ता भागेर राष्ट्रभक्ती देखाउँछु भन्ने हो भने त्यहाँ पनि पुग्छ यो बाटो । अझै काँ पुराम मैले लौ भन ! एति भन्दा-भन्दै पनि फेरी "यो बाटो काँ पुग्छ" भनेर सोध्छौ भने "यो बाटो सिधै पशुपती आर्यघाटमा पुग्छ" ।
!! आत्माले शान्ति पाओस !!

Saturday, March 24, 2012

महा पुराण !

आपको स्वागत है इस "महा टिभी" के "महा शो" मे । सबसे पहेले, महा शतकके लिए सचिन भगवान तेंदुल्करको बधाइ देते हुए कार्यक्रम शुरु करते हैँ । हम आपको "महा शतक" से जुडे हुए सभी घटनाओँ को एक-एक करके देखाएंगे । जैसे कि आज से हिन्दूस्तानमे गिन्ती कर्ने कि तरिका बदली जाएङ्गी - "सन्तानब्बे, अन्ठानब्बे, उन्नान्सय, महा सय" :पी ।

अब चल्ते हैँ उस ग्राउन्ड के तरफ जहाँ सचिनने महा शतक ठोकी , दर्शकोँ ! जब भगवान ने महा शतक मारी उस वक्त हावा कौन दिशामे बह रही थि ? हावाका गति क्या था ? और टेम्पेरेचर कित्ना था ? ए सब जान्नेके लिए हम आपको ले चल्ते है मौसमबिद के पास ! लेकिन तब तक थोडा सा ब्रेक~~~  

दर्शकोँ ! जैसे कि सेन्चुरी लगाते हि सचिन ने उपर देखा था उसबक्त उपर आकाशमे क्या क्या घटित हो रहा था ? उन्होने उपर उस बक्त क्या देखा ? वहाँ मौजुद कुछ लोगोँका केहेना है कि उसबक्त आकाशमे एक काग उड रहा था । ए कौवे क्युँ उड्ते हैँ ? इन्के संसारमे कित्ने प्रजातियाँ हो सकते है ? और ए कुन कुन चिजमे इन्टेरेस्ट रख्ते है ? ए सब जान्ने के लिए हम आपको ले चल्ते है "नेसनल जोग्राफी " वालोँ के पास , लेकिन थोडा ब्रेक के बाद~~~ 

दर्शकोँ ! अभी - अभी एक सनसनी खेज खुलासा हुवा है कि सचिनको सेन्चुरी देने वाले बलर के पैदा होने के कुछ समय बाद हि एक ज्योतिष ने बोला था कि वो एक महान काम के लिय पैदा हुवा है ! हम आपको ले चल्ते है उस ज्योतिष के पास क्या उन्हे पहले हि मालुम था कि वो आदमि बडा होकर महा शतकका एक हिस्सा बनेगा ? देखिए ब्रेक के बाद~~~  

तो सभी दर्शकोँ, ए हैँ "महा ज्योतिष" जिन्हो ने उस बलर को बडे होकर कोइ "महा काम" कर्ने कि भविष्यबाणी कि थि । तो ज्योतिष जी, आप्ने उन्के हस्त रेखामे क्या देखा था ? ज्योतिश ," जब मैने हस्त रेखा देखा तो वो एक दम मस्त थे " दर्शकोँ! ए फिर से एक सनसनी खेज खुलासा हुवा है कि हस्त रेखाएँ भि मस्त हो सक्ते हैँ । कौन सि अवस्थामे रेखाएँ कैसे मस्त हो सक्ते हैँ ? ए हम आपको देखाएङे ब्रेक के बाद~~~

अभी अभी हमारे संवाददाता ने पता किया है कि महा शतक लगाने वाला ब्याट एक सौ साल पुराना रुखसे बना हुवा था जो सचिन ने सेन्चुरी लगाते हि धडम से गिर गया । क्या वो रुख भि सचिन के सेन्चुरीके इन्तजार मे था ? या उस्के गिरने मे और क्या क्या संबन्ध हो सक्ता है ? ए सब देखाएंगे ब्रेक के बाद ~~ 

उस म्याच मे भारत हार गया है इसि लिए "शो" यही खतम होता है!!:डी :डी :पी :पी   

Saturday, February 4, 2012

लास्ट गान !!

घट्ने होइन मूल्य बढ्ने आयल निगमको बानी हुन्छ,
१४ घन्टे लोडशेडिंगमा नि यो नेपाली ज्ञानी हुन्छ ,
निकम्मा अनि राष्ट्रका बोझ 

जेल अनि बेस्यालयमा खोज
त्याँहा मन्त्रि, सभासद हुन्छ
जब सम्म यी नालायक हुन्छ, तब सम्म नेपाल रुन्छ !!

Tuesday, January 17, 2012

उडान

"स्वागत छ तपाईंहरुलाई 'नेपाल हरायो सेवा निगम' को यो उडानमा", बिमान परिचारीकाको कसिससाउ पारेर बनाएको आवाजसंगै हामी आ-आफ्नो सिटमा बस्यौं !! "कृपया, आ-आफ्नो सिटबेल्ट राम्ररि समाउनु होला नत्र कुनै पनि बेला हराउन सक्छ", उनकै आवाज फेरी गुन्जियो र हामीले च्याप्प सिटबेल्ट समायौं | जहाज स्टार्ट नभएकोले फेरी तुरुन्तै उनले केटा-केटी र बृद्ध-बृद्धा बाहेक सबैलाई ओर्लेर धकेल्न आग्रह गरिन र ठेल्न थालियो | एक जना मित्रले त जहाजमा हात लगाउने ठाउँ नभएर परिचारीका नानीलाई नै धकेल्न थाले, एक छिन भए पनि मौकामा चौका हानिहाले | र, स्टार्ट भयो हाम्रो उडानको भाँडो, र सप्पै आ-आफ्नो सिटमा बस्यौं |

एकै छिनमा उनै नानीले एकुन चम्चा चिनी बाँड्न थालिन, हामी एकुन्टा मिठाईका आश गरेर बसेकाहरुलाई उनैले मुखमा बुझो लाइदीइन, " मिठाइ त कर्मचारीले आफ्ना बच्चालाई दिन घर लानेगरेका छम, मुख मिठाउने त हो नि भन्दै चिनी बाँडेको" | कानमा हाल्ने कपास पनि कर्मचारीले बत्ति कात्न लागेका होलान भनेर हाम्ले नै पहिल्यै औंला हालेर बस्ने निधो गरेम | तिर्खा लागेमा अलि पल्तिर घैंटोमा पानि राखेको रहेछ, लोटामा सारेर खानुहोला भन्ने जानकारी पनि बेलैमा पाइयो हामीले |

फेरी उनैको रटटट सुरु भयो, "उ त्यो गलबन्दी लगाको दाइ परको सिशा नभा'को सिटमा गएर बस्दिनु न प्लिज, त्यहाको सिशा हराएकोले त्यो आमैलाई सार्है हावाले हानेको जस्तो छ | आफ्नो झोलाको सुरक्षा आफै गर्नुहोला, हुन त मुसा धपाउन हाम्ले बिरालो पनि जहाज भित्रै पालेका छौं तर कहिले-काँही बिरालोको आँखा छलेर लुगा काट्न सक्छ | उल्टी आउन खोजेमा त्यँही दन्काइदे हुन्छ, एसो बदम, सुन्तला खान मन लागेमा बेच्न भनेर एकजना भाइ पनि चढेको छ | दिसा-पिसाब गर्नलाइ जहाज नरोकिदिनु होला बरु दिसा-पिसाब चाँही रोकिदिनु भए केहि फरक पर्ने छैन |"

"हामि अहिले ५००० मिटर माथि छौं भनेर नभनम होला, किनकि तेल सकिएर जहाज रिजबमा उडाउन थालियो रे भन्ने खबर आइसक्यो | अब जति सक्यो चांडो फर्काएर ल्याण्ड गर्ने प्रयास हुँदैछ | बरु सबैले एकै साथ् "पशुपति नाथ कि जय" भनम !! ल ल.. बल्ल बल्ल बाँचियो भनेर ढुक्क हुनुहोस किनकि तपाईंहरुलाई उडाएर सकुशल फिर्ता गरिदिएका छौं | अब अर्को पटक यो जहाज हराएको रहेनछ भने अवश्य उड्न पाउनु हुनेछ|" उनको यो आवाज सकिएपछी बल्ल हामीले लामो स्वास फेर्यौं |

धन्यबाद, याँहाहरुलाई यो मेरो काल्पनिक बायुसेवाको उडानमा एकैछिन यात्रा गरिदिनु भएकोमा !!