Pages

Thursday, June 21, 2012

पशुपतिको यात्रा !

भक्तजनहरुले पएण्ट र भेस्ट लगाएको देखेर पार्वतीलाइ पनि लगाउने इच्छा जागेर आयो, अनि रिस पनि उठ्यो "आफुले कति सधै यै खद्दरको धोति र ठुटे बुलोज मात्रै लाउने ?" । एसो एउटो रंगिन टिभी किनेर हिन्दि सिरियल हेर्ने रहरले समेत च्यापेपछी महादेवलाइ कुरो सुनाइन । उता गणेशले पनि लड्डु खाँदा-खाँदा दिक्क लागेपछी एसो धरहरा गएर मम खाने इच्छा जाहेर गरे । एउटी चिटिक्क परेकी भक्तजन टिपेर पल्सर मटर साइकलको पछाडी राखेर बेला-बेलामा त्यस्सै ब्रेक हान्दै घुमाउने रहर लागेर बा'संग पैसा मागे । 

"आफै त महादेव" भनिने तेतिबेला उत्तानो परे जतिबेला यी कुराहरु सुनेपछि खल्ती छामछुम गर्दा एक सुको पनि भेटेनन । साह्रै फसाद परेपछि महादेवले एसो बिचार गरे, "याँ आफुलाई चढाएको पैसो साँझपख भट्टहरु र समितिका मान्छे मिलेर गनेर लाने बेलामा म पनि संगै बस्छु अनि मलाइ पनि एक भाग लगाउन भन्छु ।" र, एकदिन पैसो गन्नी बेलामा बाहिर आए, र चकलमाडे लाएर बसे । आँखा अगाडी लाखौ पैसो गनेर भट्ट र समितिका मान्छेले एक सुको पनि महादेवलाई नछोडीकन जम्मै पोको पारेर लिएर हिंडे ।   

आफुले गर्दा उठेको लाखौ रूप्पे आज आफुलाई चाहिएको बेलामा इत्ति माग्दा नदिए पछी महादेवलाई साह्रै रिस उठ्यो । र सोंचे, "म यहाँ छु, र त भक्तजनले पैसो चढाई रा'छन्, मै निस्केर हिंडेपछी त पैसो किन चढाउँथे र ? म जहाँ गएर बस्छु त्यहीं गएर पैसो चढाउँछन् अनि सप्पै पैसो एकलौटी बनाउँछु ।" मनमा अठोट लिएर एक दिन एकाबिहानै श्रीमती र छोरोलाई बोकेर हाम्रा देवाधि देव कंगाल महादेवले पशुपति मन्दिर छोडे ।

मन्दिर छोडेर निस्की त हाले तर "अब कहाँ गएर बस्ने ?" भन्ने समस्या आइपर्यो । एसो बिचार गर्दा रत्नपार्कको एउटा कुनामा गएर बस्दा ठिक हुने ठानी हिन्दै आएर एउटा कुनो समाएर अड्डा जमाए । बस्ने बित्तिकै बाटो हिड्ने सप्पैले "लौ महादेव " भन्दै आएर पैसो चढाउँछन् भन्ने ठानेका थिए तर "चटके" भन्ठानेर कसैले पनि वास्तै गरेनन | बरु पार्वतीको ठुटे बुलोजबाट देखिएका पाखुरा हेर्दै धन्नै आँखा झिम्काउलान झैँ पो गरे । महादेवलाई अति नै रिस उठेर त्रिसुल उठाएर हिर्काउनै लागेका थिए, तेत्तिकैमा पार्वतीले नेपालमा "शान्ति प्रक्रिया सम्पन्न गर्नलाई बर्तमान परिप्रेक्ष्यमा हतियार बिसाइ सकेको" कुरो सुनाए पछी महादेवले पनि उठाई सकेको त्रिसुल भुइंमा बिसाए । यत्तिकैमा एक जनाले त महादेवको छेवैमा आएर छिटा पर्ने गरि जो "सू सू" गरिदिए, सायद हिंजोको रौसिको प्रभाव थ्यो होला, एक दुइ छिटाले समेत महादेवको बाघको छाला लोकल रौसीमय गन्हायो । उता गणेशले बाटो हिड्नेहरुलाई हार गुहार गर्दै "मेरा ओर्जिनल बा इनै हुन् , पशुपतिबाट बसाइसराइ गरेर आएको, दर्शन गर्नुहोस् न" भनेर हात जोड्दा समेत कसैले वास्ता गरेनन । टण्टलापुर घाममा मान्छे बोलाउनलाई पार्वतीले समेत "कति सुहायो, कति सुहायो , बाघको छाला नागको माला कति सुहायो" भन्दै गाउन थालिन । "उलाला" हेर्न पल्केका अचालका भक्तजनले जाबो बाघको छाला के हेर्दाहुन र ! अझ भन्ने नै हो भने मल्लिका सेरावतले बेर्दा त खासै नसुहाउने त्यो नागको माला झन् महादेवको त्यो कालो छालामा के सुहाउँदो हो र । एता तेती भक्तजनको आकर्षण नदेखिए पछी महादेवले एसो ध्यान दृष्टिले पशुपतिमा हेर्दा त सप्पै भक्तहरु उतै गएर दाम चढाईरहेको देखे । अन्तमा केहि सिप नलागे पछी "नेपालि भक्तजनहरु अझै पनि भेंडा जस्तै एकातिर लागे पछी लागेको लाग्यै गर्दारैछन, म यतिका बर्ष यहीं भएर पनि इनिहरुलाई सत्बुद्धि दिन सकेन" भन्दै झिटीगुम्टा बोकेर स-परिवार पशुपति मै गएर बस्दा भए । 
पशुपति नाथलाई सबैले कल्याण गरुन , जय नेपाल !!

9 comments:

Umeshsigdel PRabesh said...

वाह क्या गज्जप लेख्यौ बाजे

Krishol Poudel said...

Superb!!!!!

N.amrit said...

hahahah puze roks puze !! :))

Keshab Khanal said...

मान्नै पर्च

Santosh Pokharel said...

गजबको शैली छ, क्या बात, साह्रै राम्रो

ITSAGAR said...

मैले गैडाकोट डट कम मा हाले है लेखक ज्यू। आपत्ती भए भन्नुहोला

gkhatiwada said...

शैली र पुजारी महोदयको प्रस्तुति गज्जब छ !!

दिनेश राज said...

पुजारी नामको धर्म निभेको छ है । गज्जब मीठो प्रस्तुती ।

baraaju said...

महाराजको प्रवचन समय सान्दर्भिक छ। जय होस् प्रभुको

Post a Comment