Pages

Monday, July 23, 2012

हाइकिंगका हाइथिंगहरु

हालसालैको एउटा हाइकिंगमा जाँदा भेटिएका पुच्छर नभएका कुरा र रोचक प्रसंगलाई सकेसम्म याँहा हुबहु उतार्ने प्रयास गरिएको छ :
  • बिहान घरबाट निस्कदा एकजना भैयाले साइकलमा "माल्द आँप" भन्दै आउँदा २ किलो जति यतै किनेर घरमै बस्न पर्छ कि झैँ लागेको !
  • गाडीमा बसेपछि एउटी स्वयंसेविकाले हाइकिंगका नियमहरु भन्न खोज्दा शुरुमै "नं वन" भने पछी अबको पालो "कोब्रा, सोब्रा"को हो कि भनेर मुख मिठ्याउनेहरुको संख्या पनि उलेख्य नै थियो !
  • अपेरटिंग सिस्टम ! हाइकिंगको सबै भन्दा रमाइलो खोजि , जसको नेपालि वर्सन निस्किंदा "ए हो , ए हैन, हे भगवान" हुन्छ रे ! अझ बाटामा जादै गर्दा "मकैबारी OS"  र "A-OS" पनि भेटाइएको !
  • एक जना हाइकेले उसिनेर नुन नलागेको परवल गाईलाई , साँढेलाई अनि कुकुरलाई दिदा समेत नखाए पछी बाध्य भएर आफै खादै थिए !
  • खानेकुरा ३२ पटक चपाएर खानु पर्छ भन्दै सिकाए ! उनीहरुले दिएको चिउरा यस्तो थियो कि ६४ पटक चपाएर समेत अझ पानीले भिजाएर निल्नु पर्ने खालको !
  • एक जनाले २ महिनामा १२ किलो तौल घटाए रे ! प्रकृति लाई यसरि प्रेम गर्दै त्यो उसिनेको परवल र बुका चिउरा खाँदै ४ महिना हिंड्ने हो भने कुपोषण भएर मान्छेलाई समेत कुखुरा जोख्ने तराजुमा जोख्न पर्ने अवस्था नआउला भन्न सकिन्न !
  • हाइकिंग आयोजक प्रमुखले तौल घटाउने "देब्रे हातको खेल" हो समेत भने ! प्राय: सबै नेपालीहरु लोटा लिएर देब्रे हातको खेल नै खेल्ने गर्छन भने किन तौल घटाउन भन्दै हिला बाटामा प्रकृति प्रेम गर्न हिड्नु पर्ने भयो त ? 
  • हाइकिंग मै निस्केका बन्जी गर्ने सरल तरिका थिए, जसमा "रक्सि नखाई बन्जीको आँट आउन्न, रक्सि खाएर बन्जी गर्न दिन्न, यस तर्फ ध्यान दिइएमा बन्जी झ्याम झ्याम गर्न सकिन्थ्यो कि ?" , "काठमान्डू बाट नै आँखामा कालो पट्टि बाँधेर लगेर पट्टि जो नखोली पुलबाट धकेल्न पर्ने" र "तल भोटेकोशीमा सन्नी लियोनलाई पौडी खेल्न लगाउने हो भने गोडामा डोरी समेत बाँध्न नपाउदै हाम फाल्न सकिने" !  
  • शुरुमै 'नं वन' भन्ने "सिम्पल" अनि शरीरका देखिएका कुनै पनि अंगमा "डिम्पल" नपरेकी एउटी कान्छीसंग हाम्रा एकजना मित्रले मिल्नी भए देखि "दिल-सिल जम्मै खोलेर नाच्ने थिए" झैँ जो गरेर नाचे !